पाल्पा २९ असार । पछिल्लो एक महिनामा नेपालमा बाढी, पहिरो र डुवानका कारण ८५ जनाको मृत्यु भएको छ भने ४६ जना बेपत्ता भएका छन् । राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणका अनुसार जेठ ३१ गतेदेखि असार २९ गतेसम्म भएका बाढी, पहिरो र डुवानका घटनामा १५ भन्दा बढी जिल्ला प्रभावित भएका छन् । यस क्रममा ५० जना घाइते भएका छन्…