१६ मंसिर कपिलवस्तु, बाणगंगा–१ बुङ्चीस्थित सिद्धार्थ क्याम्पसमा मंगलबार १५औँ क्याम्पस सभा एक औपचारिक कार्यक्रम बीच सम्पन्न भएको छ। क्याम्पसको शैक्षिक उन्नति, व्यवस्थापनका चुनौती र शिक्षा सुधारका सम्भावित दिशाबारे व्यापक बहस सभाको मुख्य केन्द्रविन्दु रह्यो। कार्यक्रमकी प्रमुख अतिथि तथा राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले शिक्षा क्षेत्रमा गुणस्तर सुधार गर्न जिम्मेवार नेतृत्व आवश्यक रहेको बताउँदै विदेशतर्फ विद्यार्थी…