पाटन (ललितपुर), १६ मङ्सिरः (रासस) यही मङ्सिरको २३ गते म्याद सकिन लागेको पार्टीको वर्तमान कार्यसमितिको म्याद दुई महिना थप गर्दै नेपाली कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा जारी केन्द्रीय समितिको आज सम्पन्न बैठकले कार्यसमितिको म्याद दुई महिना थप गरेको हो । विसं २०७८ मङ्सिर २८ गतेसम्म काठमाडौँमा…