रौतहट, भदौ ४माधवनारायण नगरपालिका २ खेसरहिया स्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षिय श्रीराम साहको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ ।हिजो बेलुकी खाना खाइरहेको बेला नचिनेको मान्छेको समूहले कन्चटमा गोली हानेर पुजारीको हत्या गरेका इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए । घटनाबारे प्रहरीले थप अनुसन्धान शुरु गरेको जनाएको छ।