काठमाडौँ, २१ भदौः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले परम्परागत ज्ञान, सीप र कलालाई जीवनसँग जोड्ने अनौपचारिक शिक्षालाई सरकारले राष्ट्रिय योग्यताको प्रारूपअनुसार प्राथमिकता दिने बताउनुभएको छ । अन्तरराष्ट्रिय साक्षरता दिवस २०२५ को अवसरमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र तथा युनेस्को काठमाडौैँको संयुक्त आयोजनामा काठमाडौँमा शुक्रबार सम्पन्न राष्ट्रिय अनौपचारिक शिक्षा सम्मेलनमा मन्त्री पन्तले भन्नुभयो, “हामीसित…