घोराही (दाङ), २० भदौ उमेरले ६० वर्ष पुग्नुभएका दीपकुमार मगरको मुख्य पेसा मौरीपालन हो । विगत दुई दशकभन्दा बढीदेखि उहाँको दैनिकी मौरीको हेरचाहमै बित्ने गरेको छ । त्यसबाट आम्दानी पनि राम्रो हुँदै गएको उहाँ बताउनुहुन्छ । जिल्लाको घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुर निवासी मगर विगत २५ वर्षदेखि यही व्यवसायमै हुनुहुन्छ । मौरीले राम्रै आम्दानी दिँदै आएकाले मौरीपालन…