कपिलवस्तु ।कपिलवस्तु नगरपालिका–३ का १४ वर्षीय मोहन चौहानको शव मङ्गलबार बिहान फेला परेको छ।सोमबार दिउँसो भैंसी चराउन रामघाट गएका बेला बेपत्ता भएका चौहानको शव रामघाटस्थित हनुमान मूर्तिनजिकै नदीभित्र सुरक्षाकर्मीको उद्धार टोलीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका नायब उपरीक्षक रुपेन्द्र कुमार सिंहले जानकारी दिनुभयो।उहाँका अनुसार शवलाई आवश्यक प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि कपिलवस्तु अस्पताल पठाउने…