कपिलवस्तु, भदौ १२ लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारीसहितको उच्चस्तरीय टोलिले कपिलवस्तुको विजयनगर गाउँपालिकामा सञ्चालन भएका विभिन्न विकास परियोजनाको अनुगमन गरेको छ ।आर्थिक वर्ष ०८१÷८२ मा स्थानीय पूर्वाधार विकास सहयोग कार्यक्रम अन्तर्गत सम्पन्न खजहनी–छुटपाटी सडक, आधारभूत अस्पताल, शंकरपुर ताल, पिपरीको समयमाई मन्दिर लगायतका पूर्वाधार विकास कार्यको प्रमुख सचिव अधिकारीको नेतृत्वमा अनुगमन गरिएको हो।अनुगमनपछि आगामी…