चितवन ।चितवनको इच्छाकामना गाउँपालिका– ५ तुइनखोला नजिक मुग्लिन–नारायणगढ सडक खण्डमा आज बिहान पहिरो खस्दा करिब ४ घण्टा आवागमन अवरुद्ध भएको छ ।बिहान ४ः०० बजेतिर माथिबाट ढुंगासहितको ठूलो पहिरो खस्दा दुवै तर्फको सवारी सञ्चालन रोकिएको थियो ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो स्थानमा चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।बाटो खुलाउन डिभिजनले दुईवटा ‘जेसिभी’ परिचालन…