काभ्रेपलाञ्चोक, १२ मङ्सिर, पनौती नगरपालिकामा सञ्चालन भएको पशुधन बिमा कार्यक्रमबाट चार हजारभन्दा बढी किसान लाभान्वित भएका छन् । गत वर्षदेखि प्रारम्भ भएको उक्त कार्यक्रमले नगरका १२ वटै वडाका किसानलाई समेटेको छ । बिमा कार्यक्रममार्फत नगरभित्रका गाई, भैँसी, बाख्रा, भेडा, बङ्गुर, सुँगुर, कुखुरा तथा हाँसजस्ता पशुपन्छीको बिमा गरिएको हो । नगर पशुपन्छी शाखाका अनुसार हालसम्म सबै…