विराटनगर १७ असोज । उदयपुर र भोजपुरको सीमा क्षेत्रमा बाढीले पुर्याएको क्षतिबारे बुझ्न गएकी कोशी प्रदेशकी राज्यमन्त्री सिर्जना राईलाई गएराति आक्रमण गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।विराटनगरबाट गएको प्रहरीको बिशेष टोलीले उनिहरुलाई उदयपुरबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा ६ जना रहेको कोशी प्रदेशका प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले बताए । घटनामा नाबालकहरुसमेतको संलग्नता…