कपिलवस्तु, ०४ भदौ । अर्घाखाँचीमा पहिरोले गोठ पुरिंदा एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान परेको वर्षापछि शितगंगा नगरपालिका १३, सिमलपानीमा पक्की पिल्लरसहित २ तले गोठ माथिबाट खसेको पहिरोले पुरिंदा ३५ वर्षीय बिष्णु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । पहिरो खस्न थालेपछि पशुचौपायालाई गोठबाट बाहिर निकाल्न गएका थापालाई पहिरोले च्याँप्दा…