काठमाडौँ, ५ मङ्सिर राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपूरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा पोखराले टस जितेर फिल्डिङ रोजेको हो । दीपेन्द्रसिंह ऐेरीको कप्तानीमा रहेको सुदूरपश्चिम लगातार दोस्रो जितको खोजीमा छ । उसले यसअघि काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरूआत गरेको थियो ।…