झापा, ४ मङ्सिर ‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते दमक इलाका प्रहरी कार्यालयबाट लुटिएका दुई थान हतियार पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेस्थित जङ्गलको ओडारमा फेला परेका छन् । आज ०३११०२७३९ सिरियल नम्बरको एक थान इन्सास राइफल र ६२०३८ सिरियल नम्बरको एक थान थ्रिनटथ्री राइफल भेटिएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले…