काठमाडौं, १४ असार । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मदन–आश्रितको हत्या भएको भन्दै हत्यारा पत्ता लाग्ने बताएका छन् । राष्ट्रिय समाचार समिति (रासस) सँगको अन्तर्वार्तामा ओलीले भनेका छन्, ‘समय लाग्छ, दासढुङ्गा हत्याकाण्डको पनि सत्यतथ्य बाहिर आउँछ । मदन–आश्रितको हत्यारा पत्ता लाग्छ ।’ दासढुंगा घटनाको सत्य–तथ्यलाई शक्तिको आडमा लुकाउन खोजिएको संकेत…