गुल्मी, १४ असार । गुल्मीको रेसुङ्गा नगरपालिका–४ रायढुङ्गामा ट्याक्टर दुर्घटना हुँदा छ वर्षीय बालकको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुईजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलका अनुसार तम्घास–सिमलटारी सडक खण्ड हुँदै तम्घासतर्फ आउँदै गरेको लु४त २४६५ नम्बरको ट्रयाक्टर दुर्घटना परेको हो। दुर्घटनामा मालिका गाउँपालिका–२ का छ वर्षीय शिव विकको…