तानसेन, ३१ जेठ । ऐतिहासिक पाल्पा दरबार परिसरलाई पुरानै स्वरूपमा पुनर्निर्माण गर्ने काम भइरहेको छ । दरबार परिसरलाई ऐतिहासिक पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्देश्यका साथ पुराना पर्खाल, मूलढोका तथा गेट निर्माणको काम भइरहेको हो । दरबार परिसरभित्र ढुङ्गा बिछ्याउने, पर्खाल लगाउने, मूलढोका बनाउने काम भइरहेको छ । पुरातत्व विभाग, तानसेन नगरपालिका र लुम्बिनी प्रदेश सरकारले ऐतिहासिक पाल्पा…