दाङ, जेठ २० गते । लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा सरोज खनालले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज मुख्यमन्त्री जोखबहादुर महराले शपथ गराउनुभएको हो । शुक्रबार बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले खनाललाई नियुक्ति गरेको थियो । खनालले यसअघि प्रदेश योजना आयोगको सदस्य भएर पनि काम गर्नुभएको हो । कपिलवस्तुको बाणगङ्गा नगरपालिका ८ निवासी…