काठमाडौँ, २८ कात्तिक सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपालीरूको अभिभावक बनेर काम गर्न त्यहाँस्थित नेपाली दूतावासका अधिकारीलाई आग्रह गर्नुभएको छ । दक्षिण कोरियाको सिओलस्थित नेपाली दूतावासको अवलोकन गर्दै आज उहाँले त्यहाँ रहेका नेपालीको हक, अधिकार र समस्याको सहजीकरणमा प्रभाकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको हो । सञ्चारमन्त्री खरेलले नेपाल र कोरियाबीचको…