रुपन्देही, ०४ फागुन ।रुपन्देहीको बुटवल जंगलमा नेपाल प्रहरीका एकजना हवल्दार मृत फेला परेका छन्। प्रहरी चौकी भातागाडा डडेलधुरामा कार्यरत प्रहरी हवल्दार भुपेन्द्र ठकुल्लाको बुटवलको जंगलमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी भरत विकले जानकारी दिए। ‘हाम्रो अनुसन्धानमा उनी काठमाडौँबाट नेपालगन्ज फर्किंदै गर्दा एक्लै जंगलमा झरेको देखिन्छ्,’ एसपी विकले भने, ‘हामीले पुस २९ गते…