खेलकुद

मलेसियासँग हार्‍यो नेपाल, एसिया कप खेल्न नपाउने



काठमाडौं, ०४ फागुन । नेपाल एसीसी महिला प्रिमियर लिग क्रेकेटको सेमिफाइनलमा मलेसियासँग पराजित भएको छ। क्वालालाम्पुरस्थित वायुमास ओभल मैदानमा घरेलु टोली मलेसियासँग नेपाल ४ विकेटले पराजित भएको हो।

पराजित भएसँगै नेपालले एसिया कप टी २० क्रिकेट प्रतियोगिता पनि खेल्न नपाउने भएको छ। यसै वर्ष हुने महिला एसिया कपमा प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन् ।

नेपालले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको मलेसियाले एक बल बाँकी छँदै ६ विकेट गुमाएर रोमाञ्चक जित निकाल्यो। मलेसियाको जितमा इल्सा हन्टरले अविजित अर्धशतकीय योगदान गरिन्। ५३ बल खेलेकी उनले ६ चौकाको सहयोगमा ६९ रन बनाइन्।

नेपालकी सिता रानामगर र कविता जोशीले २/२, कविता कुँवर र रुबिना क्षेत्री बेल्बासेले समान एकरएक विकेट लिए। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १५ रन बनाएको थियो।

नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक २९ रन बनाइन् । डोली भट्टले २५, कविता कुँवरले २३, रुबिना क्षेत्री बेल्बासेले २० रन बनाउँदा सिता रानामगर ६ र कविता जोशी २ रनमा आउट भए।

उपाधिका लागि मलेसियाले युएईको सामना गर्नेछ। शुक्रबारै भएको पहिलो सेमिफाइनलमा थाइल्याण्डलाई ४ रनले हराउँदै युएई फाइनलमा पुगेको हो । प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ।

प्रकाशित : ४ फाल्गुन २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६