काठमाडौँ, १६ माघ । नेपालमा सहिदको संख्या साढे १४ हजार माथि रहेको सरकारले जनाएको छ। गृह मन्त्रालयका अनुसार मन्त्रिपरिषद्ले सहिदको सूचीमा १४ हजार ६ सय ८० जनाको नाम समेट्ने निर्णय गरेको हो। मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार तीमध्ये ११ हजार ४ सय १९ जनाको नाम राजपत्रमा छापिइसकेको छ। अब ३ हजार २ सय ६१ सहिदको…