अन्तर्राष्ट्रिय

भारतको दिल्लीमा चार सयभन्दा धेरै निजी गाडी जलेर नष्ट




माघ १६, एजेन्सी ।
भारतको राजधानी दिल्लीमा आगलागीमा परि चार सयभन्दा धेरै निजी गाडी जलेर नष्ट भएका छन् ।

दिल्लीको वजिराबाद प्रहरी स्टेशनको एउटा भण्डारमा हिजो आगलागी भएको स्थानीय अग्नि सेवा विभागले जनाएको छ ।आगलागीका कारण गोदाममा राखेका गाडीहरू जलेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आगलागीमा परि नष्ट भएका गाडी स्थानीय प्रहरीले ट्राफिक नियम उल्लङ्घन गरेको र दुर्घटनामा संलग्न रहेको भन्दै नियन्त्रणमा लिएको खबरमा उल्लेख छ । आगलागीको कारण भने खुलेको छैन ।

प्रकाशित : १६ माघ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६