चन्द्रौटा, ११ पौष ।चन्द्रौटामा हुन लागेको कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । उद्योग वाणिज्य सङ्घ चन्द्रौटाको आयोजनामा पुस १३ गतेदेखि २४ गतेसम्म सञ्चालन हुन लागेको मेलाको तयारी अन्तिम चरणमा पुगेको हो । शिवराज नगरपालिकालाई औद्योगिक र व्यापारिक नगर क्षेत्रको रूपमा स्थापित गर्ने तथा सांस्कृतिक सम्पदाहरूको जर्गेना गर्ने मुख्य उद्देश्यले…