सरिता थारु, कपिलवस्तु ७ मंसिर ।खाद्यमा नागरिकको पहुँच सुनिश्चित गर्न कपिलवस्तुको बाणगङ्गा नगरपालिकाले खाद्यअधिकार तथा खाद्य प्रणाली रणनीतिक योजना बनाउन सुरु गरेको छ । खाद्य अधिकार तथा खाद्य प्रणाली रणनीतिका योजनाको मस्यौदा निर्माण गर्न नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीहरू र सरोकारवालाहरूको सहभागितामा रणनीतिक योजना निर्माण गर्न बुधबार देखि तालिम तथा छलफल…