काठमाडौं १४मंसिर । रास्वपाले डा स्वर्णिम वाग्लेलाई पार्टीको उपसभापतिमा मनोनीत गरेको छ । आज सम्पन्न भएको पार्टी केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठकले सो निर्णय गरेको हो ।जलेश्वरमा तीन दिनसम्म बसेको बैठकले पार्टीको केन्द्रीय समिति ६० सदस्यीय पुर्याएको छ । बैठकले सांसद समेत रहेकी नेतृ सुमोन श्रेष्ठ र विपिन आचार्यलाई सहमहामन्त्री चयन गरेको छ…