काठमाण्डौ, ११ कात्तिक । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणको तयारी पूरा भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणामा उहाँ चार दिने भ्रमणमा आज शनिवार राति नेपाल आउँदै हुनुहुन्छ । विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधिअनुसार उहाँको सुरक्षा व्यवस्था गरिएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो । नेपाली सेनाले पनि आफूलाई प्राप्त जिम्मेवारीअनुसार सुरक्षा…