जाजरकोट, १८ कात्तिक । भूकम्पबाट घाइते भएका जाजरकोट नलगाडका ७ जना घाइते र ७ जना कुरुवालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सवार हेलिकोप्टरबाट उद्धार गरिएको छ । घाइते तथा कुरुवाहरूको प्रधानमन्त्री सवार हेलिकोप्टरमार्फत सुर्खेत लगिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । प्रधानमन्त्री प्रचण्ड भूकम्पले केन्द्रबिन्दु बनाएको जाजरकोटको स्थलगत अवलोकनपछि रुकुम पश्चिमतर्फ लागेका छन् ।…