हरि घिमिरे, ३० असोज ।कपिलवस्तु बाणगंगाको विकासमा सार्वजनिक जग्गामा भएको अतिक्रमणले अवरोध गरेको लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले बताएका छन् । उनले बाणगंगाका विभिन्न स्थानमा भएका सार्वजनिक जग्गा अतिक्रमणमा परेकाले जग्गा अभावले थुप्रै योजनाका काम हुन नसकेको बताए । उनले बाणगंगाको राजापानी सामुदायिक वनको २० औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।…