काठमाडौँ, २७ असोज । नेपाल नागरिक उड्डयन प्राधिकरणले मनाङ एयरको सर्टिफिकेट नै निलम्बन गरेको छ। आज शनिबार हेलिकप्टर दुर्घटनामा परेको मनाङ एयरको एयर अपरेटर सर्टिफिकेटसमेत निलम्बन गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले शनिबार जारी गरेको सूचनामा मनाङ एयर प्रालिलाई अर्को सूचना जारी नहुँदासम्म निलम्बन गरिएको उल्लेख छ। मनाङ एयरको ९ एनएएनजे कलसाइन भएको हेलिकप्टर ओखलढुंगाको रुम्जाटारबाट…