म्याग्दी, २३ असोज । कर्णाली प्रदेशको जुम्लाका किसान भेडाच्याङ्ग्रा बिक्री गर्न १७ दिन हिँडेर गण्डकी प्रदेशको म्याग्दी आएका छन् । जुम्लाको पातारासी गाउँपालिका–३ का तीर्थराज बोहराको टोली दुई सय ७० वटा भेडाच्याङ्ग्रा हिँडाएर १७ औँ दिनमा आज सोमवार म्याग्दीको सदरमुकाम बेनी आइपुगेको हो । ‘हामीले गाउँमा पालेकाबाहेक बझाङ र बाजुराबाट खरिद गरेर ल्याएका भेडाच्याङ्ग्राको बजार…