भैरहवा, १२ भदौ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाएर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको दिल्ली र हङकङको लागि उडान सुरू गरेको नेपाल एयरलाइन्सले पहिलो दिन दिल्ली र हङकङका यात्रुबिना नै उडान गरेको छ। उडानको पहिलो दिन मंगलबार नेपाल एयरलाइन्सले भैरहवाबाट दिल्ली र हङकङ जाने कुनै पनि यात्रु पाउन नसकेको जनाएको छ। नेपाल एयरलाइन्सले काडमाडौंलाई ट्रान्जिट बनाएर उडान…