कपिलवस्तु, १९ भदौ । ६० किलो सुन प्रकरणमा प्रहरीले कपिलवस्तुबाट थप एक जनालाई पक्राउ गरेको छ । रुपन्देही घर भई काठमाण्डौको टोखा बस्ने सुमन खरेललाई नेपाल–भारत सीमा क्षेत्र कपिलवस्तुबाट पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो । ब्युरोको टोलीले उनलाई कपिलवस्तुको सीमा क्षेत्रबाट पक्राउ गरी आज मङ्गलवार काठमाण्डौ…