कपिलवस्तु, २९ साउन। नेपाल सरकारले सामुदायिक विद्यालयका शिक्षकहरुको हक हित र पेसागत विकासमा चासो नदिएको भन्दै देशभरका शिक्षकहरु आन्दोलित भएका छन् । नेपाल शिक्षक महासंघको केन्द्रिय कार्यक्रम अनुसार आइतबार कपिलवस्तुको बाणगंगामा समेत शिक्षकहरुले पालिकामा धर्ना दिएका छन् । नेपाल सरकारले मन्त्री परिषदबाट स्वीकृत गरी संसदमा पेश गर्न लागेको शिक्षा विधेयकप्रति असहमति जनाउँदै नेपाल शिक्षक महासंघ…