काठमाडौं १८ साउन । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठलाई सिफारिस गरेको छ ।आज साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको परिषदको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा श्रेष्ठलाई सिफारिस गर्ने निर्णय गरेको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै तिमिल्सिनाले भने, ‘आजको बैठकले पर्सिबाट रिक्त हुने प्रधानन्यायाधीशको पदको नियुक्तिका…