काठमाडौं, ०७ साउन । संघीय संसद् र प्रदेशसभाहरुले आफूहरुलाई बजेटको अभाव नहुने गरी व्यवस्था गर्न नेपाल सरकारलाई ध्यानाकर्षण गराएको छ। आइतबार संघीय संसद् र प्रदेशसभाको काठमाडौंमा जारी भेलाको १२ बुँदे निष्कर्ष सार्वजनिक गर्दै प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डेले सो जानकारी दिएका हुन्। कुनै पनि कारणबाट अभाव नहुने गरी संघीय संसद् र प्रदेशसभाहरुका लागि बजेटको व्यवस्था गर्नका…