काठमाण्डौ, ०३ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्थाअनुसार नागरिकको अवस्था बदल्न प्रतिबद्ध रहेको बताउनुभएको छ । बुधवार ६१ औँ इन्जिनियर दिवसको अवसरमा काठमाण्डौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सुशासनको लक्ष्य हासिल गर्न सरकारले भ्रष्टाचार विरोधी अभियानलाई तीव्रताकासाथ अघि बढाइरहेको उल्लेख गर्नुभयो ।…