दाङ, २८ साउन । दाङमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । घोराही उपमहानगरपालिका–११ झमरेका ६४ वर्षीय तिलकराम विकलाई पत्रे खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजनकुमार गौतमले जानकारी दिनुभयो । विकलाई घर नजिकै रहेको पत्रेखोलाले आज आइतवार बिहान बगाएको हो । ‘घरमा शौचालय नभएका कारण विक शौच…