कपिलवस्तु, २७ असार । कपिलवस्तुमा सर्पको डसाइबाट दुई दिनमा चार जनाको ज्यान गएको छ । गएराति बुद्धभूमि नगरपालिका–१ मा विषालु सर्पले डस्दा दुई दाजुभाइको ज्यान गएको हो ।नौ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दीपक भुसालको ज्यान गएको गोरुसिङ्गे इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिनुभयो । सोमवार राति घरमा सुतिरहेको बेला उनीहरुलाई…