बुटवल, १४ साउन ।सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । तिनाउ–३, रामापिथेकस पार्क नजिकै सुरुङ मार्गको उत्तरतर्फको ढोकामा पहिरो खसेपछि राजमार्ग आइतबार बिहानैदेखि अवरुद्ध बनेको प्रहरीले जनाएको छ । सुरुङ मार्गको ढोका माथिबाट खसेको पहिरोले राजमार्ग अवरुद्ध बनेको र खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए। सडकमा खसेको पहिरो हटाउनका…