काठमाण्डौ, १८ असार । आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । आज शिक्षा दिने गुरुप्रति सम्मान व्यक्त गर्दै गुरु पूर्णिमा मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखेर हिन्दु संस्कृतिको…