काठमाडौं, १९ जेठ ।कृषि तथा पशुपन्छी बिकास मन्त्री डा. बेदुराम भुसालले स्वदेशमै पसिना बगाउने अभियान चलाउन आग्रह गरेका छन् ।किसान डेरी उद्योगको शुक्रबार उदयपुरमा उद्घाटन गर्दै मन्त्री भुसालले भने– ‘युवाहरु अवसरको खोजीमा विदेश गइरहेका छन्, स्वदेशमै केही गर्न सकिने प्रशस्त आधारहरु छन् । अब बिदेशमा बगाउने पसिना यहीँ बगाउँ भन्ने अभियान चलाएर अगाडी बढ्नुपर्छ ।’…