बुटवल, ०१ वैशाख । पाल्पाको तिनाउ–३ झुम्सामा अवस्थित भुल खोलामा डुबेर रुपन्देहीका एक युवाको मृत्यु भएको छ । नयाँ वर्ष मनाउन शुक्रबार रुपन्देहीको भैरहवाबाट भुतखोला पोखरी हेर्न पुगेका सिद्धार्थनगर–१२ बेलहियाका अन्दाजी ३० वर्षीय शिभम जैशवालको मृत्यु भएको प्रहरी चौकी दोभानले जानकारी दिएको छ । शुक्रबार विहान करिव साढे १० बजेको समयमा पोखरी हेर्न पुगेका शिभम…