लुम्बिनी, ३० वैशाख । बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट २०२३ सम्पन्न भएको छ । लुम्बिनीमा तीन दिनसम्म आयोजना गरिएको बुद्धिष्ट मार्ट सात बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो । घोषणापत्रमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत् कनेक्टिभिटी प्रवर्द्धन र विस्तार गर्नुपर्नेमा जोड दिएको छ । घोषणापत्रमा बुद्धसँग…