विराटनगर २५ चैत । नयाँ घर बनाउँदा इटहरी उपमहानगरपालिका आफैले नक्सा बनाइदिने भएको छ ।भवन निर्माण आचारसंहिता अनुसारका घर बनाउन सघाउने गरी उपमहानगरपालिकाले आफैले नक्सा बनाइदिने तयारी गरेको हो ।इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण पौडेलले स्थानीयले भवनको नक्सा बनाउँदा चर्को शुल्क तिर्नुपरेको गुनासो आएकाले उपमहानगरपालिकाले सहजीकरण गर्न लागेको बताए ।‘निवेदन दिएपछि नक्सा उपमहानगरपालिकाले नै बनाइदिन्छ’, उनले…