काभ्रेपलाञ्चोक, २४ मङ्सिर प्रधानमन्त्री एवं काठमाडाँै विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले नेपालका विश्वविद्यालयका कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको बताउनुभएको छ । आज काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) को ३१औँ दीक्षान्त समारोह (पहिलो चरण)लाई सम्बोधन गर्दै उहाँले कुलपति बनाउने विषयमा गम्भीर भएकाले विश्वविद्यलायका उपकुलपतिसहित उच्च नेतृत्व तथा अन्य सरोकार भएकासँग परामर्श गरी सरकार गृहकार्यमा जुटेको बताउनुभयो…