कास्की, २५ मङ्सिर देशको पर्यटकीय सहर पोखरामा जलन (बर्न) अस्पताल निर्माणका लागि आवश्यक परामर्श तथा सम्भाव्यता अध्ययन सुरु भएको छ । पोखरा–२७ स्थित साविक लेखनाथ नगरपालिका कार्यालय रहेको जमिनमा महानगरले एक सय बेड क्षमताको जलन र विशेषज्ञ अस्पताल निर्माणको योजना अघि सारेको हो । यस योजनामा कोरियन सहयोग नियोग (कोइका)ले सहयोग गर्ने र त्यसका लागि…