काठमाडौँ, १६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गैरसांसदको रूपमा गृहमन्त्री बन्न दौडधुप थालेका छन् । शुक्रवार सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध भएको ठहर गर्दै चितवन–२ मा उनी उम्मेदवार बन्न नै अयोग्य रहेको फैसला गरेसँगै एकै पटक उनले चार पद गुमाएका थिए । जसअनुसार उनले सांसद, उपप्रधान एवम् गृहमन्त्री, संसदीय दलको नेता…