कपिलवस्तु, २४ फागुन । कपिलवस्तुमा मंगलबार तस्बिर प्रदर्शनी गरिएको छ । बुद्धले ज्ञान प्राप्त गरेपछि कपिलवस्तु फर्किंदा फागु पूर्णिमाका दिन देखेका हिमाल थिममा तस्बिर प्रदर्शनी गरिएको हो । बुद्धस्थल तिलौराकोट, गोटिहवा, कन्थक स्तुपा, जगदीशपुर र निग्रोधाराबाट देखिएका हिमालका तस्बिर प्रदर्शनी गरिएको थियो । कपिलवस्तु नगरपालिका प्रमुख सुदीप पौडेलले तस्बिर हेरेर बाल्यकाल स्मरण भएको बताए । यस्तो मनमोहक तस्बिर देख्दा…