काठमाण्डौ, १५ फागुन । नेकपा एमालेका मन्त्रीहरूले राजीनामा बुझाएका छन् । एमालेका सबै आठ जना मन्त्रीले आज सोमवार दिउँसो बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका हु्न् । एमालेबाट मन्त्री बनेका उपप्रधान एवम् अर्थ मन्त्री विष्णु पौडेल, परराष्ट्र मन्त्री विमला राई पौड्याल, भूमि सुधार सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राई, कृषि मन्त्री ज्वालाकुमारी…